२०८० चैत्र १६ गते शुक्रवार

सुहानाको बलिउडमा प्रवेश हुदै



दाङ भाद्र ३ ।
सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानले बलिउडमा कहिले डेब्यू गर्छन् ? भन्ने प्रश्न सबै दर्शक एवं प्रसंशकहरुको मनमा उब्जिइरहन्छ । सुहाना खानलाई ठूलो पर्दामा हेर्न चाहनेहरुको संख्या कराडौं रहेका छन् ।

दर्शक तथा प्रसंशकहरुको यो ठूलो चहनालाई सुहाना खानले चाँडै पूरा गर्ने भएकी छन् । जÞी न्यूजको अंग्रेजी वेबसाइट बलिउड लाइफको रिपोर्ट अनुसार फिल्मकर्मी जोया अख्तरले सुहानालाई लन्च गर्ने प्रबल सम्भावना रहेको छ ।

जोया अख्तरले लन्च गर्ने !

रिपोर्टका अनुसार ’गली ब्वाय’ र ’जिन्दगी ना मिलेगी दोबारा’ जस्ता सफल फिल्महरु निर्देशन गरिसकेकी जोया अख्तरले आर्चीको अन्तर्राष्ट्रिय हास्य अनुकूलनका लागि एउटा फिल्म बनाउने भएकी छन्, जसमा कयौं युवा कलाकारहरु देखिनेछन् ।

कोरोना महामारीलाई मध्यनजर गर्दै उक्त फिल्मलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिने जानकारी गराइएको छ ।

त्यसोत, धेरै पहिले सुपरस्टार शाहरुख खानले आफ्ना बच्चाहरुले पढाई पूरा गरेपछि मात्र अभिनयको दुनियामा प्रवेश गर्न दिने बताएका थिए । शाहरुख खानको उक्त भनाइ अनुसार सुहाना खानले आफ्नो पढाई पूरा गरिसकेकी छन् । साथै उनले विगतमा एक शर्ट फिल्ममा पनि काम गरिसकेकी छन् ।

यसरी सुहाना फिल्ममा देखिदै गर्दा उनको भूमिका कस्तो हुनेछ ? भन्ने पर्खाइको विषय बनेको छ । सुहाना खानको यस प्रोजेक्टबारे धेरै जानकारीको खुलासा हुन बाँकी नै रहेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार