२०८२ बैशाख ५ गते शनिवार

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको घोषणा



२९ श्रावण २०७८, शुक्रबार
काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरूले पार्टीले विभेदकारी नीति बनाएको भन्दै सामूहिक राजीनामाको घोषणा गरेका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा उनीहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन् ।

पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र क्षेत्रीय सभापति स्वतस् महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ । तर, आमन्त्रित केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि हुन वडाबाट चुनाव लडेर आउनुपर्ने नीति नै विभेदकारी रहेकोले सच्याउन दबाब दिन सामूहिक राजीनामा घोषणा गरेको बताइएको छ ।

सामूहिक राजीनामा दिने आमन्त्रित केन्द्रीय सदस्यहरुमा अभिषेख प्रताप शाह, राजेन्द्रबहादुर सिंह, नन्दनकुमार दत्त, आनन्द (गोरख) विष्ट, कृष्णकिशोर घिमिरे, ध्रुव वाग्ले, दयाराम पाण्डे, जनकराज कलौनी, मोहनसिंह राठौर, बालकृष्ण पाण्डेय, सुधीरकुमार शिवाकोटी, नरेन्द्रकुमार चौधरी, शम्भुलाल श्रेष्ठ, आशाराम चौधरी रहेका छन् ।

त्यस्तै, अन्य सदस्यहरुमा रमा कोइराला पौडेल, दिलीप राई, कुमार खड्का, भूमिबहादुर (विश्व) गुरूङ, मनोहरनारायण श्रेष्ठ, किरणराज शर्मा पौडेल, गोपालकुमार बस्नेत, हसन अन्सारी रहेका छन् ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार