२०८१ बैशाख ७ गते शुक्रवार

तुल्सिपुर वडा नम्बर ३ मा माओबादि केन्द्र को वडा कमिटी गठन



२९ श्रावण दाङ – नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्र तुलसीपुर ३ को भेलाले चेतमान सेजुवालको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटि गठन गरेको हो ।

किसान महासंघका केन्द्रीय सदस्य शेसुराम भण्डारीको प्रमुख आतिथ्यमा भेला भएको हो । उक्त अवसरमा प्रमुख अतिथि भण्डारिले पार्टी सुदृढ हुनकालागि वडादेखि टोल तहमा पार्टी मजवुत हुनुपर्ने बताए ।
त्यस अवसरमा पार्टीका नगर सचिबालय सदस्य सुरविल ओली, योंग कम्युनिष्ट लिग (वाईसियल) नेपाल दाङका उपाध्यक्ष हेमेन्द्र शाहीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।भेला ले सचिबमा विरबहादुर बुढा(विरेन्द्र)लाई चयन गरेको छ
यस्तै भेलाले विष्णुप्रसाद शर्माको अध्यक्षतामा २५ सदस्यीय वाईसियल वडा कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा एलवी घर्ती, सचिबमा इशा वली, कोषाध्यक्षमा मिलन आले मगरलाई चयन गरिएको छ । उक्त कार्यक्रमको सहजीकरण वाईसियलका जिल्ला सदस्य टेकराज केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार