२०८० फाल्गुन २१ गते सोमवार

रिहाना बनिन् बिश्वकै धनी गायिका



विश्व चर्चित गायिका रिहाना विश्वकै धनी गायिका बनेकी छिन् । विश्वका धनाढ्य तथा सेलिब्रिटीहरुको सम्पत्ती सार्वजनिक गर्दै आएको ‘फोब्र्स’ म्यागेजिनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, रिहानाको सम्पत्ती १.७ विलियन डलर रहेको बताइएको छ ।

तर, रिहानाले यति धेरै सम्पत्ती गीत गाएर मात्र कमाएकी होइनन् । रिहानाको सम्पत्ती जोडिनमा उनको कपडा र ब्यूटी सामाग्रीको व्यापार पनि मुख्य हिस्सा रहेको छ ।रिहाना विश्वकै नम्बर १ धनी गायिका बन्दै गर्दा उनी विश्वकै धनाढ्य इन्टरटेनर बन्नका लागि ओपरा विनफ्रे भन्दा एक स्थान तल छिन् ।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार