२०७९ माघ १७ गते मङ्गलवार

तुल्सिपुरमा सुरु भयो वार्ड स्तरीय खसी कप फुटबल प्रतियोगिता



तुल्सिपुर श्रावण २१
तुलसीपुर उपमहानगरपालिका वार्ड न ८ अश्वारा बुटुनिया मा BYC ( बुटुनिया युथ कल्व) को आयोजना मा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ।

सुरेश आचार्य को अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिका वार्ड न८ का अध्यक्ष वेद वाहादुर केसि को प्रमुख आतिथ्य र ने का नेता जित वाहादुर खड्का को बिशिस्ट अथितिमा वार्ड स्तरीय खसी कप प्रतियोगिता सुरु भएको हो । राष्ट्र का लागि खेल स्वास्थय का लागि खेल भने मुल नारा लाई आत्मसात गरेर BYC टिम ले खेल सुरु गरेको हो ।

खेल मा १६ टिम को सहभागिता रहेको छ भने प्रतियोगिता मा प्रथम हुने टिम लाई खसी, प्रमाणपत्र र मेडल र दोस्रो हुने टिम लाई रु नगद ७००० ,प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।आज को पहिलो खेल दुधेना टिम र पातेटाकुरा टिम बिच हुदै छ भने दोस्रो खेल दिउँसो टिकरि टिम र तुलसीपुर वसपार्क टिम विच हुदैछ।खेल हेर्न स्थानीय हरु को उल्लेखनीय सहभागी रहेको छ।

सङ्कर केसि को स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रम को सहजीकरण श्रिधर साहु ( अन्तिम )ले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार