२०८१ जेष्ठ ८ गते मङ्गलवार

धामी हत्याको बिरोधमा ने क पा द्वारा तुलसिपुर मा बिरोध प्रदर्शन



तुल्सिपुर श्रावण १८ -ने क पा दाङ ले दार्चुला मा तुइन बाट महाकाली नदि तर्ने क्रम मा भारतीय सुरक्षा बल (एस एस बि) ले तुइन को डोरि काटी नेपाली जयसिङ धामी को हत्या गरेको बिरोध मा तुलसिपुरमा र्‍याली सहित बिरोध सभा आयोजना गरेको छ।
पार्टी को केन्द्रिय कार्यक्रम अनुसार आयोजना भएको कार्यक्रम तुलसिपुर को अरनिको मैदान बाट निस्केको बिरोध र्‍याली बिरेन्द्र चोक हुँदै बजार का विभिन्न चोक हुँदै बिपि चोक मा पुगेर कोण सभा मा परिणत भएको थियो। उक्त बिरोध र्‍याली मा भारतीय बिस्तारवाद मुर्दाबाद,नेपाल माथी को हस्तक्षेप बन्द गर ,एम सि सि खारेज गर लगाएत का नारा लगाएका थिए ।
उक्त बिरोध सभा लाई ने क पा दाङ जिल्ला सेक्रेटरी प्रदिप ओलि,युबा संगठन नेपाल केन्द्रिय सम्योजक पाटन र ने क पा केन्द्रिय सदस्य एबम दाङ जिल्ला इन्चार्ज सितल ले मन्तव्य राख्नु भएको थियो।बोल्ने बक्ताहरु यो घटना आमनेपाली माथि भारतीयहरु को ज्यादती भए को र यस्ता घटना रोक्न चेतावनी दिएका थिए । उक्त बिरोध सभा को सहजिकरण नेकपा तुल्सिपुर इन्चार्ज बिकास ले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार