२०८० जेष्ठ २२ गते सोमवार

वडा अध्यक्ष तथा स्थानीय युबा द्वारा बिपन्न को घर निर्माण गरि हस्तान्तरण,



तुल्सिपुर श्रावण १८, सानो सानो कुरामा पनि सरकार को मुख ताक्ने र सरकार को ध्यान पुगेन भनी आलोचना गर्ने को लागि तुल्सिपुर ३का युवाहरु एक गतिलो उदाहरण भएका छन ।गरे हर सबै कुरा सम्भब छ भन्ने कुरा लाई यी युवाहरु को सामाजिक काम ले पुष्ठि गरेको छ। स्थानीय बिपन्न आर्थिक कमजोर भएका दल बहादुर साहु लाई आज एक कार्यक्रम गरि घर हस्तान्तरण गरिएको छ।
स्थानीय युवा बिप्लब ओलि को अध्यक्षता एबम तुल्सिपुर वार्ड न तीन का वार्ड अध्यक्ष वीर बहदुर बि क को प्रमुख आतिथ्यता मा भएको कार्यक्रम मा युबा हरु को सामाजिक कार्य को प्रशम्शा गरेका छ्न।कार्यक्रम मा तुल्सिपुर वार्ड न ३ का वार्ड सदस्य छवि खराल ले युवा को सामाजिक कार्य को खुलेर प्रशम्शा गर्नु भयो ।युबा हरु समाज रुपान्तरण को सम्बाह रहेको धराण व्यक्त गर्नु भयो। उक्त अबसर मा चेतमान सेजुवाल,माेहलाल अाले ,स्थानीय वन महासंघ नगरसमिति सचिव” अनु खड्का , ले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

उक्त घर निर्मान गर्न का लागि वार्ड अध्यक्ष ले टिन का जस्ता पाता ,दारी ग्याङ समूह दाङ बाट २००० इटा ,ने क पा नगर कमिटी बाट ५०० इटा, दाङ देउखुरी सेवा समाज बाट ५०० इटा र ढुवानी , माधब बुढाथोकी बाट एक ट्रेक्टर बालुवा ,बालाराम गौतम ,केशब गिरि ,हरिस गिरि बाट क्रमश ७,५,३ बोरा सिमेन्ट ,धन बहादुर डाङी बाट ढोका र टोइलेट सिट र भैरब सामुदायिक बन बाट घर निर्माण को लागि काठ सहयोग प्रदान गरिएको थियो । कार्यक्रम मा घर निर्माण मा सहयोग गर्ने सबै लाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
दल बाहादुर घर निर्माण समितिका सदस्य
टेकराज के,सि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सहजीकरण शंकर भुसाल ले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार