२०८१ माघ २७ गते सोमवार

एनआरएनए माल्टामा नयाँ नेतृत्वको सदस्यमा दाङ तुलसीपुरका रन्जित गिरी



गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्नय समिति माल्टाको आगामी २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ I

साझा र समावेशी २ प्यानल गरी भएको निर्वाचनमा साझा प्यानलका भुवन अर्याल ३३८ मत ल्याई अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी रेमलाल खनालले ३२१ मत प्राप्त गरेका छन् । त्यस्तै केन्द्रीय सदस्यमा राजु अर्याल(बाबु) ले ३४६ मत ल्याई निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी प्रकाश भण्डारीले ३०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा नवीन गिरी, उपाध्यक्षमा नरेश खनाल, कृष्ण बहादुर पुन, महिला उपाध्यक्ष सबिता भण्डारी, युबा उपाध्यक्षमा रोहित गौतम, महासचिवमा रोशन गिरी, सचिबमा कुलचन्द्र गौतम, रामु भण्डारी, कोषाध्यक्षमा मनोज उपाध्याय, युवा संयोजकमा रोशन आचार्य, महिला संयोजकमा बबिता अधिकारी लगायत सदस्यहरुमा रन्जित गिरी, ओमलाल पाण्डे, इशु थापा,जनक श्रेष्ठ, विकेश घिमिरे र सुनिल राना मगर निर्वाचित भएका छन् ।

सहकोषाध्यक्ष भने यसअघि नै विजय परियार निर्विरोध चयन भएका थिए । कुल ७५८ जना मतदाता मध्ये ६६९ सहभागी भएको उक्त मतदानमा सबैभन्दा धेरै मत वरिष्ठ उपाध्यक्ष नवीन गिरीले ल्याएका छन् ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार