
काठमाडौ श्रावण १६-जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो ।
सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव समर्थक रहेको बैठकमा २१ जना सङ्घीय सांसदको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार