२०८१ माघ २५ गते शनिवार

तुल्सिपुर नगर जेसिज द्वारा बिपन्न परिवारलाई खाद्यान्न सहयोग




 
तुल्सिपुर  श्रावण १५-तुल्सिपुरनगर जेसिजको आयोजना तथा तुल्सिपुर -७ घर भइ हाल सिडनी अस्ट्रेलिया निवासी समाजसेवी कमल भण्डारीको आर्थिक सहयोगमा गरिब तथा आर्थिक बिपन्न ३१परिवारलाइ खाध्यान्न सहयोग गरिएको छ ! “मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो!” भन्ने जेसिजको मुल मन्त्रलाइ आत्मसात गर्दै अहिलेको कोभिट महामारीमा काम गर्ने बर्गले दिनहुँ कामगर्ने बाताबरण नभएको अवस्थामा आर्थिक बिपन्न परिवार राहत पुगोस् भन्ने उदेश्यले सहयोग हस्तान्तरण गरिएको जेसिजले बताको छ।
तुल्सिपुर ८ टिकरी स्थित सहिद स्मृति टोलका र तुल्सिपुर -५ स्थित सुन्दरनगर टोलका गरि जम्मा ३१ घरपरिवारलाई चामल, तेल, नुन, दाल लगाएका खाद्यान्न सहयोग  गरिएको छ। तुल्सिपुरनगर जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि नेत्रलाल भट्टराई( नारायण) को अध्यक्षता तथा नेपाल जेसिज बर्ष २०२१ का बोर्ड सल्लाहकार जेसि मेघराज घिमिरेको प्रमुख आथित्यमा भएको कार्यक्रममा अमृतपुर खानेपानी सस्थाका कोषाध्यक्ष जित बहादुर खडका, ज्ञानज्वोती आधारभूत बिद्यालयका बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष हरि बहादुर बि.क, तुल्सिपुरमगर जेसिज बर्ष २०२१ का अध्यक्ष सल्लाहकार जेसि मान बहादुर बस्नेत, कानुनीसल्लाहकार जेसि बिमल वलि लगाएतको मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा आस्थापाठ जेसि शरद देबकोटाले गर्नुभएको थियो भने कार्यक्रम संचालन बर्ष २०२१ का डाइरेक्टर जेसि मेघराज पोख्रेलले गर्नुभएको थियो

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार