२०८१ असार १२ गते मङ्गलवार

हरिवंश र पल सङ करिश्मा र केकी को ‘माछीलाई खोलीको लेउ



काठमाडौ १४ श्रावण -करिब ३ बर्ष अगाडि रिलिज भएको ‘माछीले खाने खोलीको लेउ’ करिब ५ करोड पटक हेरिएको छ । सरोज ओली र मेलिना राईको आवाजमा रहेको गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको थियो ।
सोही गीतको दोश्रो पार्ट ‘माछीलाई खोलीको लेउ’ सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक गीतमा बरिष्ठ कलाकर हरिवंश आचार्य र मेलिना राईको आवाज रहेको छ । गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ ।
विक्रम स्वारको निर्देशनमा रहेको भिडियोमा कलाकार हरिवंश आचार्य, अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री केकी अधिकारी र अभिनेता पल शाह फिचर रहेका छन् । विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादन रहेको छ ।


प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार