
१३ श्रावण काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने ठाउमा लु१ज- ४५६५ नम्बरको जिप दुर्घटना भएको छ
शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
एसपी भट्टराईका अनुसार तीन जनाको दुर्घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन लागिएको एसपी भट्टराईले बताए । घाइतेमध्ये एकजनाको अवस्था गभिर रहेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार