२०८० चैत्र १५ गते बिहिवार

मिश्र को प्रस्तावप्रति विवेकशीलका संयोजक असन्तुष्ट:ब्यक्तिगत विचार पार्टी को नहुने



विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयताको खारेजी, धर्म निरपेक्ष राष्ट्रका बारेमा जनमतसंग्रह र राजतन्त्रका विषयमा व्यक्त गरेको विचारप्रति पार्टीका संयोजक मिलन पाण्डेले असन्तुष्टि जनाएका छन् । मिश्रले सोमबार एक प्रस्ताव सार्वजनिक गर्दै संघीयता खारेजी, धर्म निरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने र गणतन्त्र धरापमा परेको भन्दै राजतन्त्रको पक्षपोषण गरेका थिए। 
मिश्रको उक्त प्रतिवेदनप्रति संयोजक पाण्डेले असन्तुष्टि सामाजिक सञ्जाल ट्वीटरको माध्यमबाट सार्वजनिक गरेका हुन् । ‘घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो,’ पाण्डेले भनेका छन्, ‘विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ हुन् ।’
अध्यक्ष मिश्रका विचारलाई पाण्डेले नितान्त व्यक्तिगत धारणाको संज्ञा दिएका हुन् । ती विचारसँग पार्टीको कुनै सम्बन्ध नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार