दाङ श्रावण ११
कृषकहरुका समस्याहरु समाधान गर्न तथा बिउ बिजन सहज रूपमा उपलब्ध गराउन माग गर्दै अखिल (क्रान्तिकारी ) ले आज बिजौरी मा प्रदर्शन गरेको छ। बिजौरी को क्याम्पस चोक बाट विभिन्न नारा तथा प्ल्येकार्ड बोकेर बजार परिक्रम गरि मानपुर चोक मा गएर कोण सभा मा परिनत भएको हो।उक्त प्रदर्सनि सभा लाई अखिल नेपाल किसान् महासङ क्रान्तिकारि दाङ जिल्ला सम्योजक पोसन बस्नेत, सहिद परिवार समाज का केन्द्रीय सदस्य धर्ती ,अखिल क्रान्तिकारी का केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज दिपक बिस्ट र ने क पा तुल्सिपुर का इन्चार्ज बिकास ले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम का बक्ताहरु ले किसानहरु लाई सहज रुप मा बिउ बिजन कृषी औजार बितरन ,बैज्ञानिक भुमि ब्यबस्थापन ,एम सि सि खारेज ,बैज्ञानिक समाजबाद को लागी जनमतसंग्रह गर्न सरकार सङ माग गरेका थिए ।उक्त कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी ) जिल्ला अध्यक्ष अमर खड्का ले गर्नु भएको थियो ।








