
काठमाडौ १० श्रावण -जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टी विवाद निरुपणका लागि निर्वाचन आयोगले ‘हेड-काउन्ट’का लागि कार्यकारिणी सदस्यलाई उपस्थित हुन आदेश दिएपछि त्यसलाई रोक्न ठाकुर समूहले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूहका सांसद मोहम्मद ईश्तियाक राईले सामाजिक सञ्जालमा लेखेर अदालतले अन्तरिम आदेश दिन अदालतले इन्कार गरेको जानकारी दिएका छन् । अदालतले जसपाका दुवै समूहलाई छलफलका लागि साउन १५ गते उपस्थित हुन पनि आदेश दिएको छ ।
प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार