२०८० जेष्ठ १९ गते शुक्रवार

टाइगर ३ को लागि यस्तो बनाए सलमान ले बडि



बलिउड अभिनेता सलमान खान अहिले ‘टाइगर ३’ को तयारीमा जुटेका छन् । यसका लागि सलमानले आफ्नो शरीरलाई तयार गरिरहेका छन् ।
हालै उनले जिममा वर्कआउट गरेको भिडियो शेयर गरेका छन् । यसमा तपाईं सलमानको शरीर देखेर दंग पर्नु हुनेछ । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘यो मान्छे टाइगर ३ का लागि तालिम गरिरहेको छ ।’
सलमान मात्रै होइन, यस चलचित्रका लागि इमरान हाशमीले पनि तयारी गरेका छन् । इमरानको एउटा तस्वीर भाइरल भएको थियो । उनले तस्वीर शेयर गर्दै लेखेका थिए, ‘यो त केवल शुरुआत हो ।’
यो चलचित्र ‘टाइगर जिन्दा है’ को सिक्वेल हुनेछ । कवीर खानको यो चलचित्रमा सलमान फेरि एक पटक एजेन्ट अविनाश सिंह राठौरको भूमिकामा देखिने छन् । कैटरिना कैफ पुनः एकपटक जोयाको भूमिका देखिने बताइएको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार