२०८० जेष्ठ २७ गते शनिवार

यस्ता छन् कार्यसूची आज प्रतिनिधि सभाको बैठक बस्दै,



काठमाडौ श्रावण ८-आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने कार्यसूची रहेको छ ।
यस्तै प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने अर्को कार्यसुची रहेको छ ।
साथै राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने संभावित कार्यसुची रहेको र
अन्य थप कार्यसुची तय गर्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्ने संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाए ।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार