२०८१ चैत्र १ गते आइतवार

भिम रावतले छाडे माधव नेपालकाे साथ



काठमाडौं। लामो समेदेखि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्ष भीम रावलले माधव समूह छोडेका छन्। माधव समूहको बुधबार बानेश्वरमा बैठकमा रावल अनुपस्थित भएका छन्।

एमालेको विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलमा रावल माधव समूहका संयोजक थिए। सो कार्यदलले विवाद समाधानका लागि भन्दै १० बुँदे प्रस्तावमा सहमति पनि गरेको थियो। तर, सो सहमतिमा वरिष्ठ नेता नेपालले भने असहमति जनाएका थिए। पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग रावल निकट देखिएका थिए।

र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्दा रावलले सांसदबाटै राजीनामा घोषणा गरेका छन्। उनको राजीनामा भने स्वीकृत भइसकेको छैन। यस्तो अवस्थामा रावल माधव समूहको बैठक अनुपस्थित भएपछि उनले सो समूह त्यागेको स्पष्ट भएको छ। अध्यक्ष ओलीले रावललाई एमालेमा राम्रै भूमिका दिने बचन दिएपछि उनले माधव समूह त्यागेको चर्चा छ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार