२०८० चैत्र १६ गते शुक्रवार

विप्लव पुगे ओलि निवास बालकोट , के भयो छलफल



काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालकोट पुगेका छन्। मंगलबार बिहान ओलीसँगको भेटवार्ताका लागि विप्लव भेट्न बालकोट पुगेका थिए।
भेटमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताहरू सहभागी थिए। उक्त भेटमा सरकारसँग नेकपाले गरेको तीन बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा छलफल भएको बताइएको छ। विप्लव नेतृत्वको नेकपाले ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेको थियो।
विप्लव ओली प्रधानमन्त्री हुँदा शान्तिपूर्ण राजनीतिमा आएयता शीर्ष नेताहरुसँगको राजनीतिक भेटवार्तामा व्यस्त छन्। उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले बरिष्ठ नेता माधव नेपाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन्।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार