२०७९ चैत्र १७ गते शुक्रवार

सल्यान मा याेजनाकाे रकम घटाइदिएकाे भन्दै इन्जिनियर माथि आक्रमण



सल्यानको सिद्ध कुमाख गाउँपालिकामा याेजनाकाे रकम घटाइदिएकाे भन्दै इन्जिनियरलाइ लक्षित गरि गरिएकाे आक्रमणबाट कृषि प्राविधिक घाइते भएका छन् ।

वडा नम्बर १ मा मेलचौर पारिवन सडक निर्माणकाे लागि ६ लाखकाे बजेटमा ३ लाख कटाैती गरेर ३ लाखकाे मात्रै मुल्यांकन गरिदिएकाे भन्दै उपभाेक्ता समितिका पदाधिकारीहरुले इन्जिनियर प्रविन बस्नेतलाइ गरेकाे आक्रमणबाट कृषि प्राविधिक चन्द्रबहादुर केसी घाइते भएका हुन् ।

मंगलबार साँझ वडा नम्बर ३ स्थिति गाउँपालिकाको कार्यालय नजिकै रहेको होटलमा खाना खाइरहेको समयमा उपभाेक्ता समितिका सदस्यहरु बाइकमा आएर कृषि प्राविधिक केसीमाथी आक्रमण गरेका हुन् ।

उनिहरुले आक्रमणकाे याेजना भने इन्जिनियर प्रविन वस्नेतलाइ बनाएकाे बुझिएकाे छ । तर खाना खाने समयमा इन्जिनियर निस्किसकेकाे र कृषि प्राविधिक लगाएत अरु रहेकाे अवस्थामा झुक्किएर प्राविधिक निशानामा परेकाे खुलेकाे छ ।

गाउँपालिकाका अनुसार वडा नम्बर १ मा मेलचौर पारिवन सडक निर्माणको जिम्मा लिएको एससी निर्माण सेवाका सञ्चालकहरु र वडा नम्बर २ मा महेन्द्र आधारभुत विद्यालयको फिल्ड निर्माण उपसमितिका पदाधिकारीहरुले कर्मचारीमाथी कुटपिट गरेका हुन् ।

योजनाहरुको मूल्यांकन गर्दा काम सन्तोषजनक नभएकाले रकम घटाइएको थियो । सोही निहुमा उनिहरु  इन्जिनियर बस्नेतलाई खोज्दै उनिहरु गाउँपालिका कार्यालयमा पुगेका थिए ।

घाइते भएका कृषी प्राविधिक केसीलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । उनकाे कानको जाली फुटेको बताइएको छ ।

घटनापछ्यात कुटपिट गर्ने उपभाेक्ता समितिका पदाधिकारीहरु र गाउँपालिका कर्मचारीहरु मिलापत्र गरिएकाे छ । उनिहरुले काम गरेकाे रकम घटाएपछि इन्जिनियरलाइ हान्न खाेजिएकाे तर नचिनेर प्राविधिकलाइ लागेकाे बताएका छन् ।

मदिरा सेवन गरेर आवेशमा आउँदा यस्ताे घटना भएकाे बताउँदै उनिहरुले आगामी दिनमा यस्ताे नगर्ने भन्दै माफी मागेका छन् । घाइतेकाे उपचारमा लाग्ने खर्च  आफुहरुले बेहाेर्ने उनिहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार