२०८१ बैशाख १३ गते बिहिवार

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने एमालेको निर्णय



असार २८” काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमालेको स्थायी कमिटीको अनौपचारिक बैठकले सर्वोच्च अदालतको सोमबारको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठकले फैसला त्रुटीपूर्ण भए पनि कार्यान्वयन गर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

बैठकले सर्वोच्चको फैसलाले संसदीय प्रणालीको आधारभूत संरचनालाई खल्बल्याउने विश्लेषणसमेत गरेको छ। प्रवक्ता ज्ञवालीले सर्वोच्चको फैसलाले संसदीय व्यवस्थाका आधारभूत संरचना खल्बल्याउने बताए। मंगलबार स्थायी कमिटीको बैठक बसेर सर्वोच्चको फैसलाबारे थप धारणा बनाउने ज्ञवालीले जानकारी दिए। सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

बालुवाटार बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्षहरु वामदेव गौतम र भीम रावल, महासचिब ईश्वर पोखरेल, उपमहासचिब विष्णुप्रसाद पौडेल, सचिव प्रदीपकुमार ज्ञवाली, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी लेखराज भट्ट, मणिचन्द्र थापालगायतका नेताहरु उपस्थित थिए।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार