२०८० असोज ९ गते मङ्गलवार

सल्यानमा निषेधाज्ञा खुकुलो काेराेनाकाे जोखिम अझै उस्तै



असार २७”सल्यानमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भन्दै सजिल्ला प्रशासन कार्यालय सल्यानले लगाएको निषेधाज्ञा केही खुकुलो बनाएको छ । तर निषेधाज्ञा खुकुलोसँगै कोरोनाको जोखिम भने टरि सकेको छैन ।

आइतबारमात्र जिल्लामा ७ जनामा कोरोना पोजिटभ देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार २२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

शारदा नगरपालिका र सल्यान अस्पतालमा ६ जनाको परीक्षण गर्दा १ महिला, बनगाड कुपिण्डे नगरपालिकामा १० जनाको परीक्षण गर्दा ३ महिला र २ पुरुषमा कोरोजना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए । यस्तै छत्रेश्वरी गाउँपालिकामा ६ जनाको परीक्षण गर्दा १ पुरुषमा संक्रमण देखिएको छ ।

जिल्लामा हाल १ सय १ जना सक्रिय संक्रमित रहेका छन् । जसमा सल्यान अस्पतालमा ३, संस्थागत आइसोलेसनमा ७ र ९१ जना होम आइसोलेसनमा बस्दै आइरहेका छन् । दोस्रो लहरका रुपमा फैलिएको कोरोनाबाट सल्यानमा हालसम्म ५२ जनाले ज्यान गुमाई सकेका छन् । वैशाखदेखि हालसम्म १ हजार ९ सय ६३ जनाले कोरोना जिति सकेको डिसीको भनाई छ ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार