२०८१ माघ २७ गते सोमवार

प्रधानमन्त्रीले भने मेलम्ची पुगेर : जनतालाई समस्या पार्ने गरेर राजनीति नगरौं



 

असार २६
“प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समस्यामा राजनीति गरेर विकासमा बाधा पुर्‍याउने काम नगर्न सबैलाई सचेत गराएका छन्।सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन पछि शनिबार मेलम्ची बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनतालाई नै समस्यामा पार्ने गरेर राजनीति नगर्न सचेत गराएका हुन्।उनले जनताका समस्या तथा असुविधाहरुको सम्बोधन गर्नुपर्नेमा त्यही समस्या र पीडालाई राजनीतिक व्यापारको रुपमा प्रयोग गर्ने गरिएको पाइएको भन्दै त्यस किसिमको काम नगर्न सचेत गराएका हुन्।

बाढी प्रभावित स्थानमा तत्काल गर्नुपर्ने काम र दीर्घकालिन कामबारे योजना बनाई कार्यान्वयन गर्नका लागि आफू सबै सरोकारवाला निकायका पदाधिकारी संलग्न टीमसहित त्यहाँ पुगेको पनि प्रधानमन्त्रीले बताए।पुर्ननिमाणको कामलाई ठिक ढंगले र प्रभावकारी ढंगले शिघ्र अघि बढाउने संकल्पका साथ आफू टिम सहित पुगेको पनि उनले स्पष्ट पारे। उन पुर्ननिर्माणका कामहरुलाई योजनावद्ध र तीब्रताका साथ अघि बढाउने प्रतिवद्धता जनाए।अहिलेको राजनीतिक परिस्थिति साथीहरुलाई थाहा छ। यदि जनताका समस्याहरुलाई अरु कुराहरु भन्दा बढी महत्व दिनुपर्छ भन्ने नठान्ने हो भने आउन सक्ने स्थिति अहिले पनि होइन। तर म किन आएँ भने जनताका समस्या सबैभन्दा ठूलो कुरा हो र जनताका समस्या समाधान गर्नु प्रमुख कर्तव्य हो। अरु कुरा जे सुकै होस्। त्यसकारण म यहाँहरुका बीचमा आएको छुु, ओलीले भने।

जनता, संघसंस्था र सरकार मिलेर यस्ता विपद्मा परेकालाई राहत तथा उद्धारमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए।दुईवटा चाउचाउ दिएर प्रचारप्रसार बढी गर्ने गरिएको उल्लेख गर्दे उनले देखाउन नभई कठिनाई घटाउनका लागि सहयोग गर्नुपर्ने तर्फ सबैलाई सचेत गराए।प्रधानमन्त्री ओलीले हेलम्बुमा केही चेक हस्तान्तरण गर्नुको साथै ३ सय ६६ घरका लागि १५ सय बण्डल जस्तापाता वितरण गर्ने घोषणा गरे।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार