२०८१ बैशाख ७ गते शुक्रवार

सक्किगोमा सन्जीता पाण्डे र कविराज प्रबेश



असार २६”पछिल्लो समय सबै लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’को प्रशारण नियमित हुन थालेको छ । नयाँ कथामा टेलिसिरियल नयाँ भाग प्रशारण सुरु गरिएको छ । नयाँ भागमा केही कलाकार थपिएका छन् ।बिहीबार प्रशारित भएको भागमा दुई नयाँ कलाकारहरु देखिएका छन् ती हुन, सन्जीता पाण्डे र कविराज भाम

यी दुईलाई बाउछोरीको भूमिकामा टेलिसिरियलमा भित्राइएको हुन सन्जीता केही म्युजिक भिडियोमा काम गरेकी कलाकार हुन् भने मुगुका कविराज थिएटरका कलाकार हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेल ‘जिग्री’ले नयाँ कथा शुरु भएसँगै दुई कलाकारहरुलाई कथाको माग अनुसार अभिनय गराएको बताए ।छ

बिहीबारको भागमा कुमार कट्टेल ‘जिग्री’को केमेष्ट्री सन्जीतासँग मिलाइएको छ । जसका कारण कतिपयले अर्की कलाकार रक्षा श्रेष्ठको स्थानमा सन्जीताको प्रवेश ? भने जिज्ञासा समेत राखेका छन् ।

‘भद्रगोल’मा अभिनय गरेपछि कुमार र रक्षाको जोडीलाई दर्शकले निकै रुचाएका थिए । पछि ‘सक्किगोनि’का केही भागमा कुमार र रक्षाको जोडीलाई दर्शकले देख्न पाएका थिए । तर, रक्षा आमा बन्ने भएपछि टेलिसिरियलमा देखिन छाडेकी थिइन् । रक्षा टेलिसिरियलमा नदेखिएको लामै समय भैसकेको छ कलाकार कुमार रक्षाको स्थानमा सन्जीताको प्रवेश नगराईएको बताउँछन् । ‘रक्षाजीको स्थान त कस्ले लिन सक्छ र ? नयाँ कथा सुरु भएको र सन्जीताजीले टेलिसिरियलमा अभिनयका लागि रुचि देखाएकाले उहाँलाई ल्याएका हौं’ –कुमारले भने ।पछिल्ला भागहरुमा लभ सिक्वेन्सका टेष्टहरु मिस भएको लागेको हुनाले पनि सन्जीतालाई आगमन गराएर कथालाई नयाँ तरिकाले अगाडि बढाइएको कुमारले बताए । बिहीबारकै कथाबाट आगामी भाग अगाडि बढ्ने कुमारले बताए ।सन्जीताको अभिनय टेलिसिरियलमा कहिलेसम्म रहने भन्ने कुरा भने यकिन नभएको समेत कुमारले बताए । उनले भने, ‘त्यो कुरा उहाँको अभिनय र दर्शकको प्रतिक्रियामा भर पर्छ ।’ रक्षा पनि चाँडै ‘सक्किगोनि’मा फर्किने कुमारले बताए ।
कुमार र अर्जुन घिमिरे (पाँडे)ले ‘सक्किगोनि’को लेखन एवं निर्देशन गर्दै आएका छन् । हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजे प्रशारण हुँदै आएको टेलिसरियलमा कुमार र अर्जुनका साथमा सागर लम्साल, हरि निरौला, रश्मी पाण्डे, कमलमणि नेपाल, दीपक आचार्य, गोविन्द कोइराला लगायतको अभिनय गदै आएको हु

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार