२०८३ बैशाख १६ गते बिहिवार

तुलसीपुरमा Inspire U Academy को शाखा विस्तार, ३५% छुटसहित निःशुल्क तालिमको व्यवस्था




दाङको तुलसीपुरमा Inspire U Academy ले आफ्नो नयाँ शाखा विस्तार गरेको छ। शाखा विस्तारसँगै एकेडेमीले विभिन्न सीपमूलक तालिमहरूमा आकर्षक छुटको घोषणा गरेको छ।
एकेडेमीले कफी (Coffee), सुसी (Sushi) तथा केक (Cake) सम्बन्धी तालिमहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ। यी तालिमहरू विशेषगरी युवा तथा स्वरोजगार बन्न चाहने व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिनेछन्।


व्यवहारिक सीपमार्फत रोजगारी सिर्जना र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो योजना ल्याइएको एकेडेमीले जनाएको छ। साथै, आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका लागि केही तालिमहरू निःशुल्क रूपमा उपलब्ध गराइने पनि जानकारी दिइएको छ।
कार्यक्रम एकेडेमीका सञ्चालक बलभद्र ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका नगर सभापति सुरेश हमालको उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै हमालले यस्ता तालिमले शिक्षाको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले एकेडेमीले ३५ प्रतिशतसम्म छुटसहित गरिब तथा विपन्न वर्गलाई निःशुल्क तालिम प्रदान गर्नु सराहनीय कार्य भएको बताउनुभयो।


कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना तथा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। स्वागत मन्तव्य ममता सुवेदीले गर्नुभएको थियो भने मार्केटिङ प्रमुख जय वलीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा तुलसीपुर–४ का समाजसेवी आमा समूह पञ्चेबाजा प्रस्तुतिले विशेष आकर्षण थपेको थियो। साथै, पत्रकार, समाजसेवी तथा स्थानीय व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन स्वतन्त्र डिजिटल पत्रकार संघका अध्यक्ष शंकर भुसालले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ चैत्र १० गते बुधवार