तुलसीपुर–३ दमारगाउँस्थित सरस्वती माध्यमिक विद्यालयमा समाजसेवीहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अम्बा कुमारी डाँगी (वली) को अध्यक्षतामा कार्यक्रम भएको थियोे
कार्यक्रमका प्रमुख अतिथि जय जीव दर्शनका संस्थापक तथा समाजसेवी उपेन्द्र पौडेल (तुलसीपुर–७ जितपुर) रहनुभएको थियो। साथै विशिष्ट अतिथिको रूपमा होटल वेस्टर्न प्यालेसका CEO तथा समाजसेवी असिताभ लामिछाने रहनुभएको थियो
विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम विद्यालयका प्रधानाध्यापक जंगबिर के.सी. को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम
सो अवसरमा समाजसेवी आकाश गुरुङ, हुमबहादुर बिक, वडा सदस्य राजेन्द्र गुरुङ, थम्मन के.सी. (दीपक), दशरथ ओली तथा प्र.अ. जङ्गबिर ओली ले विद्यार्थीहरूलाई शिक्षा तथा व्यक्तित्व विकास सम्बन्धी प्रेरणादायी मन्तव्य प्रदान गरेका थिए।
कार्यक्रमको सञ्चालन थर्कोट डट कमका सञ्चालक दोर्ण के.सी. ले गर्नुभएको थियो।








