२०८३ बैशाख १६ गते बिहिवार

पक्षघात पीडित भिमे खत्री बचाउ अभियानमा ७ लाख ८० हजार ८०२ रुपैयाँ सहयोग सङ्कलन



‘ तुलसीपुर उपमहानगरपालिका–३, गहते निवासी पक्षघात पीडित भिमे खत्रीको उपचारका लागि सुरु गरिएको ‘भिमे खत्री बचाउ अभियान’ मा उल्लेखनीय आर्थिक सहयोग जुटेको छ। परम्परा’ टेलिसिरियल र ‘न्यु भिजन परम्परा युवा क्लब’ को संयुक्त पहलमा सञ्चालन गरिएको उक्त अभियानमार्फत हालसम्म रु. ७,८०,८०२/- (सात लाख अस्सी हजार आठ सय दुई रुपैयाँ) सहयोग संकलन भएको क्लबले जनाएको छ। परम्परा टेलिसिरियलका निर्देशक देवेन्द्र केसीले यस मानवीय अभियानमा आर्थिक तथा नैतिक साथ दिने सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँका अनुसार संकलित रकम ७ लाख ८० हजार ८०२ रुपैयाँ पुगेको हो न्यु भिजन परम्परा युवा क्लबका अध्यक्ष टंक मल्लले भिमे खत्रीको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सुधार नआएकाले सबैलाई अझै सहयोग गर्न अपिल गर्नुभएको छ। उहाँले भन्नुभयो, “यो मानवताको अभियान हो, जसमा सानो सहयोगले पनि जीवन बचाउन सकिन्छ।”यसैबीच, पीडित भिमे खत्रीका परिवारले अभियान सञ्चालन गर्ने टेलिसिरियल समूह, क्लबका सदस्यहरू र सहयोगी दाताहरूप्रति कृतज्ञता प्रकट गरेका छन्। अझै पनि सहयोग गर्न चाहनुहुन्छ भने सहयोग पनि गर्न सक्नुहुनेछ।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार