दाङ, असोज १०
स्वास्थ्य अवस्था नाजुक रहेका आफ्ना पूर्वकर्मचारी खर्कबहादुर आलेको उपचारका लागि त्रिदेव सेकेन्डरी बोर्डिङ स्कुल परिवारले रु. ५०,१५५ रुपैयाँ सहयोग गरेको छ ।
सो सहयोग अन्तर्गत उक्त स्कूलका शिक्षकशिक्षिका तथा अन्य कर्मचारीहरुले स्वस्फूर्त सहयोग उठाएका र अरू रकम चाहिँ विद्यालय प्रशासनले उठाएर सहयोग गरेको थियो । आलेले विगतमा करिब ११ वर्षसम्म विद्यालयको स्कुल बसको चालकको रूपमा आफ्नो सेवा प्रदान गरेका थिए। उक्त अवसरमा विद्यालयका प्रिन्सिपल मनोज हमालले विद्यालय सामाजिक उत्तरदायित्वमा सधैं अग्रसर रहँदै आएको र आगामी दिनमा पनि थप आवश्यक सहयोग गर्न तयार रहेकाे बताउनु भएको थियोे

त्रिदेव बोर्डिङ स्कुलले विगतमा पनि विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रममा सम्पूर्ण शिक्षक–शिक्षिका तथा कर्मचारीहरू उपस्थित थिए। उपस्थितहरूले आलेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।








