२०८३ साउन २ गते आइतवार

कालिकामाई गाँउपालिका को १९ गते गाँउ सभा गर्ने सहमती भएपछी ताला खोलियो



पर्सा ७ भदौ । जिल्ला प्रहरी कार्यालय पर्सामा अाज बसेको बैठकमा कालिकामाई गाउँपालिकाका जनप्रतिनिधि हरु बिच भएको सहमती भादौ १९ गते गाउँ सभा गर्ने सहमती भए पछी कालिकामाई गाउँपालिकाको ताला खुलेको छ। कालिकामाई गाँउपालिका कार्यालयमा करारका कर्मचारी ,जनप्रतिनिधि र केहि नेता हरु को सहयोग मा १४ दिन देखि लगाएको तालाबन्दी अाज देखि खुलेको हो। करारका कर्मचारी हरु १४ महिना अगाडि कार्यपालिका बोर्डबाट पास गरि हटाएकोले यो वर्षमा म्याद थपन नियमले नमिलेको कारण करारका कर्मचारीहरु हटाएको छ। हटाएको कर्मचारी हरुलाई संबन्धित निकाय अख्तियार ,लगायत कुनै कानुन बाट नमिलेको कारण म्याद थप नहुने बसेको प्रसाशनिक बैठक बाट सहमती भएको गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले जनाएका छन। जिल्ला प्रहरी कार्यालय पर्सामा बसेको बैठकमा कर्मचारी राखने कुनै सहमती नभएपछी जनप्रतिनिधि हरुले गाउँ सभा गर्ने अवाज उठाएपछि १९ गते गाउँ सभा गर्ने सहमती पछी गाउँपालिकामा लगाएको ताला जनप्रतिनिधि हरुले अाज खोलेको गाउँपालिका अध्यक्ष गुप्ताले बताए । १४ महिना पहिला करारको कर्मचारी हरुलाई हटाएको थियोे ।अहिले अाएर बिगत १४ दिन देखि राजनितीक उसकावामा परेर स्वास्थ्य कर्मचारी , जनप्रतिनिधि हरु गाँउपालिका कार्यालयमा ताला बन्दी गरेको थियो। जब कि १४ महिना पहिला देखि कर्मचारी हरुको म्याद थप नगरी हटाएको थियो। ।

प्रकाशित मिति : २०८१ भाद्र ६ गते शुक्रवार