२०८२ माघ १३ गते मङ्गलवार

तुलसीपुरमा स्वतन्त्र डिजिटल पत्रकार सङ्घ दाङद्वारा रक्तदान कार्यक्रम सम्पन्न




स्वतन्त्र डिजिटल पत्रकार सङ्घ दाङले राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीको अवसरमा आज तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम सङ्घका अध्यक्ष शंकर भुसालको अध्यक्षतामा कार्यक्रम भएको थियो कार्यक्रममा विशिष्ट अतिथि भूपबहादुर भण्डारी र हाम्रो नेपाल हामी नेपाली का संयोजक मेघराज केसीको उपस्थिति रहेको थियो। साथै सामाजिक अभियन्ता निमबहादुर खड्का, सन्दीप गौतम, विकास सेन, लक्ष्मण ओली लगाएतकाे उपस्थित रहेको थियो।
रक्तदान कार्यक्रममा बोल्दै मेघराज केसीले पत्रकारिता देशको चौथो अङ्ग भएको उल्लेख गर्दै पत्रकारहरूले स्वतन्त्र, निष्पक्ष र निर्भीक भएर कलम चलाउनुपर्नेमा जोड दिनुभयो।
सङ्घले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमको सहजीकरण सङ्घका सचिव देवराज कँडेलले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ पुष २६ गते आइतवार