तुलसीपुर, दाङ —
तुलसीपुर नगर प्याब्सनले आज आफ्नो ३५औँ स्थापना दिवसको अवसरमा भएको विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता तुलसीपुर नगर प्याब्सनका अध्यक्ष श्री डम्बर डाँगी ज्यूले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष श्री रामबहादुर जिसी हुनुहुन्थ्यो।
उक्त शुभअवसरमा संस्था द्वारा स्थानीय अपाङ्गता भएका व्यक्तिहरू तथा बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको थियो, जसले सरोकारवालाहरू तथा लाभग्राहीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ।
कार्यक्रममा प्याब्सन दाङका वरिष्ठ सल्लाहकार श्री शरद प्रसाद शर्माले पनि कालाखोलास्थित अपाङ्ग बालबालिकाको हितमा सहयोग स्वरूप आफ्नो व्यक्तिगत रुपमा रू. १२,०००/- सहयोग प्रदान गर्नु भएको थियो। यस सहयोगलाई उद्धेश्यअनुसार काममा लगाइने जानकारी पनि कार्यक्रममा दिएकाे थियाे
कार्यक्रमले समाजका असहाय तथा पिछडिएको वर्गप्रतिको सद्भावना र सेवा भावना झल्काएको बताइयो।








