२०८३ बैशाख १६ गते बिहिवार

तुलसीपुरमा बृहत् सांस्कृतिक कार्यक्रम र खुला पुरुष भलिबल प्रतियोगिता हुने




दाङ । नवज्योति सांस्कृतिक युवा क्लब, तुलसीपुर–३ कल्लेले आफ्नो २३औं वार्षिकोत्सव तथा हरिबोधनी एकादशी काे अवसरमा “बृहत् सांस्कृतिक कार्यक्रम–२०८२” र खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी कात्तिक १३ र १४ गते खेलकुद कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ त्यसैगरी कार्तिक १५ गते विविध सांस्कृतिक कार्यक्रम हुने क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिनुभएको छ। भलिबल प्रतियोगितामा पहिलो हुने टिमले रु. १५,००० र दोस्रो हुने टिमले रु. १०,००० पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन चाहने टिमले रु. १,५०० शुल्कसहित कात्तिक १३ गते बिहान ८ बजेभित्र दर्ता गराउनुपर्नेछ।
कार्यक्रमका खेल संयोजक अनिल परियार (फोन नं. ९७४५७०७०४५) ले प्रतियोगिता सफल बनाउन आवश्यक तयारी पूरा भएको जानकारी दिएका छन्।
यसैगरी क्लबले वार्षिकोत्सवको अवसरमा सांस्कृतिक प्रस्तुति, खेलकुद र सामुदायिक एकता अभिवृद्धिमा जोड दिने विभिन्न कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ।
नवज्योति सांस्कृतिक युवा क्लबका अध्यक्ष धनराज रोकाका अनुसार कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।
कार्यक्रममा डान्सर पूर्णिमा क्षेत्री, गायिका निर्मला देवी बस्नेत लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन् भने कार्यक्रम सञ्चालन के.वि ओलीले गर्नेछन्।
क्लबले सम्पूर्ण स्थानीयवासी तथा दर्शकहरूलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जनसहित सामुदायिक एकता सुदृढ गर्न सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार