२०८३ बैशाख १६ गते बिहिवार

जन्मदिनमा केक होइन, जीवन बचाउने उपहार” — रोशन बालन क्षेत्रीको प्रेरणादायी उदाहरण



दाङ । जन्मदिन भनेको रमाइलो र खर्चिलो उत्सव भन्ने धारणा बीच, तुलसीपुर–३ दमरगाउँका युवा समाजसेवी रोशन बालन क्षेत्रीले आफ्नो जन्मदिनलाई मानव सेवाको दिवस बनाएका छन उनिले जन्मदिनको अवसरमा मानव सेवा आश्रमका जिउँदा भगवान — आमाबुबालाई सम्मानपूर्वक भोजन खुवाउँदै, त्यसपछि रक्तदान कार्यक्रममार्फत जीवन बचाउने कार्य गरेका हुन्।
रोशनले भने जन्मदिनमा केक र पार्टी होइन, कसैको जीवनमा मुस्कान ल्याउन पाए यही मेरो खुसी हो।”
साथै उनले युवाहरुलाई सन्देश दिएका छन् — फजुल खर्च नगरी समाजमा केही योगदान दिन सिकौं, यही हो साँचो उत्सव”कार्यक्रममा स्थानीय युवाहरू, सामाजिक अभियन्ता र शुभचिन्तकहरूको उपस्थिति थियो।
रगतदानपछि रोशनले भावुक हुँदै भने “रगतले जीवन बच्छ, जन्मदिनमा जीवन बचाउने भन्दा ठूलो उपहार केही हुनै सक्दैन सो कार्यले दाङका युवाबीच प्रेरणा र सकारात्मक चर्चा फैलाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार