दाङ, तुलसीपुर —
आदित्यनाथ फाउन्डेशनद्वारा सञ्चालित गाैमाता संरक्षण केन्द्र, बेलझुण्डीमा यस वर्षको गाई तिहारको विशेष अवसरमा गाईलाई पिरो (भोजन) खुवाउने कार्यक्रम हुने भएको छ।
संरक्षण केन्द्रका अनुसार, हिन्दू धर्ममा गाईलाई माता स्वरूप मानिने भएकाले तिहारको पाँचौँ दिन अर्थात् गाई तिहारको दिन विशेष पूजा–आराधना सहित पिरो खुवाउने कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा जो–कोहीले पनि सहभागी हुन सक्ने फाउन्डेशनले जनाएको छ। गाईप्रति श्रद्धा, सेवा र संरक्षणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमलाई स्थानीय समुदायले पनि समर्थन जनाएका छन्।
आयोजकले भनेका छन्,
“गाई हाम्रो संस्कृति र जीविकासँग जोडिएको प्रतीक हो। गाई तिहारको दिन सबैले माताको रूपमा गाईलाई पूजा गरेर पिरो खुवाउने कार्यले गाई संरक्षणप्रति चेतना फैलाउनेछ।”
यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले बेलझुण्डीमा रहेको आदित्यनाथ फाउन्डेशन गाैमाता संरक्षण केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको








