२०८३ बैशाख १६ गते बिहिवार

तुलसीपुर–३ दमारगाउँमा अबैध रूपमा जुवातास खेल्दै गरेका ७ जना नियन्त्रणमा




दाङ, असोज ३० —
तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँमा अबैध रूपमा जुवातास खेल्दै गरेका सात जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मिति २०८२ असोज ३० गते राति करिब ११:४५ बजे, दमारगाउँस्थित कुबेर रेउलेको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब निरीक्षक (प्र.स.नि.) प्रकाश भण्डारीको नेतृत्वमा खटिएको टोलीले छापा मारेको थियो।
प्रहरीका अनुसार, सो घरमा तास खेलिरहेका सात जना व्यक्तिलाई रितपूर्वक खानतलासी गर्दा घटनास्थलबाट नगद रु. ६६,५६०/- र तास ५२ पत्ता (१ गड्डी) बरामद गरिएको छ।
पक्राउ परेकाहरूको विवरण:
१. कुबेर रेउले (५८ वर्ष) — तुलसीपुर–३, दमारगाउँ
२. डम्मरराज वली (३२ वर्ष)
३. सन्दिप सुनार (२८ वर्ष)
४. मनिष चन्द (२४ वर्ष)
५. टिकाराम के.सी. (३२ वर्ष)
६. अरुणकुमार चन्द (३२ वर्ष)
७. अजय गिरी (३६ वर्ष)
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य बहादुर रानाले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२ असोज ३० गते शुक्रवार