२०८३ बैशाख १६ गते बिहिवार

तुलसीपुरमा जुवा खेलिरहेकाे अवस्थामा ९ जना नियन्त्रणमा



दाङ, असोज २५ ।

तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेजस्थित राममाया घर्तिको घरमा अबैध रूपमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको छ।

प्राप्त गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले २०८२ असोज २५ गते बेलुका करिब ६:१५ बजे उक्त घरमा छापा मारी तास खेलिरहेको अवस्थामा नौ जनालाई नगदसहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा परेकासँग रु. ३४,६०५ (चौतिस हजार छ सय पाँच रुपैयाँ) र दुई गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेका व्यक्तिहरूः

१. प्रेमप्रकाश वली (३६), तुलसीपुर–७

२. रमेश बस्नेत (३३), तुलसीपुर–६ रजौरा

३. गौरीलाल वली (३७), तुलसीपुर–५ बसपार्क

४. दिनेश बन्जरा (३८), तुलसीपुर–६ बरुवागाउँ

५. खुमबहादुर बिक (२९), तुलसीपुर–५ नयाँबस्ती

६. धनबिर बिक (५५), तुलसीपुर–८ दुधेना

७. सन्तोष भण्डारी (३३), तुलसीपुर–५ बसपार्क

८. चेतलाल भण्डारी (३८), तुलसीपुर–६ रजौरा

९. तिलकराम केसी (३४), तुलसीपुर–१६ लालपुर

प्रहरीले पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २५ गते आइतवार