तुलसीपुर, दाङ — असोज २५
आज शनिबार तुलसीपुरमा बसेको जेन्जी (JNG) टिमको बैठकले दाङ जिल्लाको नयाँ नेतृत्व चयन गरेको छ। बैठकले विजय केसीलाई अध्यक्ष, मनोज मिश्रलाई सचिव, मुन्ना बस्नेतलाई सह–सचिव र दामोदर सुवेदीलाई कोषाध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।
टिमका अनुसार बाँकी पदाधिकारीहरू क्रमशः चयन प्रक्रियामार्फत विस्तार गरिने छन्। कार्यक्रममा करिब सय जना जेन्जी सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकमा सहभागीहरूले देश परिवर्तनका लागि जेन्जी (JNG) का सबै सदस्यहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै, आगामी दिनमा नगर, उपमहानगरपालिका, गाउँपालिका र वडास्तरमा पनि नेतृत्व चयन गर्ने निर्णय गरेका छन्।
नव–निर्वाचित अध्यक्ष विजय केसीले भ्रष्टाचार, ढिलासुस्ती र सामाजिक अन्याय विरुद्ध दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता जनाउँदै भने,
“अब सबै जेन्जी टिमहरू एकजुट भएर परिवर्तनको अभियान अघि बढाउनु जरुरी छ।”
कार्यक्रममा विभिन्न वक्ताहरूले पनि जेन्जीका मागहरू पूरा गर्न एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए।
त्यसैगरी, बैठकले १२ जना सल्लाहकार सदस्यहरू पनि चयन गरेको छ। तीमध्ये ,एमानन्द जिसी भुपबहादुर भण्डारी, मधुकर न्यौपाने, नवीन देवकोटा, भरत आचार्य, वासुदेव भुसाल, श्यामसुन्दर न्यौपाने, हरि शाह, विष्णुप्रसाद आचार्य लगायत रहेका छन्।








