तुलसीपुर, असोज १४ ।
बिजया दशमीको अष्टमीका दिन शान्तिनगर–३ सुन्दरा देवी भागवती सुकेकोट मन्दिरमा बाघको मुर्ति स्थापना गरिएको छ।
समग्र छोटेका युवाहरूको सक्रियतामा सम्पन्न उक्त कार्यलाई स्थानीयस्तरमा उत्साहपूर्वक स्वागत गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मन्दिरमा बाघको मुर्ति स्थापना भएसँगै मन्दिरको सौन्दर्य र धार्मिक आकर्षण थपिएको स्थानीयले बताएका छन्।
कार्यक्रमलाई सफल बनाउन विशेष योगदान पु-याएका ललित पुन, पुर्ण थापा र दोमकान्त बस्याललाई आयोजक युवाहरूले धन्यवाद ज्ञापन गरेका छन्। साथै, उनीहरूले मन्दिर र धार्मिक सम्पदाको संरक्षणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित मिति : २०८२ असोज १३ गते मङ्गलवार








