
वीरगंज, पर्सा – श्रमजीवी पत्रकार संघ पर्साको जिल्ला कार्यसमिति गठन भएको छ। वीरगंजका सक्रिय पत्रकार आर.के. पटेलको अध्यक्षतामा आइतबार संघको कार्यसमिति घोषणा गरिएको हो।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादव प्रमुख अतिथि रहेका थिए। समितिमा उपाध्यक्ष प्रणय साह, महिला उपाध्यक्ष विमला गुप्ता, सचिव नितेश कर्ण, कोषाध्यक्ष दीपक कुहवाहा, सहसचिव अर्जुन गुप्ता र विशाल यादव चयन भएका छन्। सदस्यहरुमा जाकिर हुसेन, राज सर्राफ, पुनम चौधरी, सुमेश्वर साह, राजकुमारी गुप्ता, राजु बैठा, विनोद यादव र विशाल पटेल रहेका छन्।
कार्यक्रममा मन्त्री यादवले श्रमजीवी पत्रकारहरूको हकहितका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै संघलाई श्रमजीवीको पक्षमा काम गर्न सुझाव दिए।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य मनोज पटेल, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, र पत्रकार महासंघ पर्साका सदस्य अजित भुजेललगायतको उपस्थिति रहेको थियो।