२०८१ चैत्र ७ गते शनिवार

अखिल नेपाल महिला संघ त्रिवेणी गाउँपालिकाको प्रथम पालिका सम्मेलन सम्पन्न



रोल्पा/जुगारः अखिल नेपाल महिला संघ त्रिवेणी गाउँपालिकाको प्रथम पालिका सम्मेलन जुगारमा सम्पन्न भएको छ ।   

  अखिल नेपाल महिला संघ त्रिवेणी गाउँपालिका अध्यक्ष अस्मिता घर्तीको अध्यक्षता तथा अ.ने.म केन्द्रीय स्थायी कमिटी सदस्य मिना बुढामगर प्रमुख आथित्यतामा सम्मेलन सम्पन्न भएको हो ।  

प्रथम सम्मेलनमा बोल्नुहुँदै प्रमुख अतिथि मिना बुढा मगरले यो भन्दा अगाडि सम्मेलन राख्ने तयारी भएता पनि विविध कारणले सम्मेलन राख्न नसकेको बताउनुभएको थियो। अहिले पार्टी सदस्यता लिएर विभिन्न पदमा पुगेता पनि पार्टीको विशेषता र गहिराई नबुझेको कारण पार्टीमा कठिन भएको बताउनुभयो। महिलाले महिलालाई नै नबुझेको पनि स्पष्ट पार्नुभएको छ । महिलाले म सक्दैन भनेर पछि परेको र महिलाले आफूले आफूलाई बुझेर सक्रिय भएर अगाडि बढ्न अनुरोध गर्नुभएको छ। अहिले ३३ प्रतिशत आरक्षण बनाइएको छ। महिलाहरूलाई सक्रिय बनाउनको लागि आरक्षण खोलिएको बताउनुभयो। अहिले गाउँपालिकामा गठन गरेर वडा टोल मा गठन गरेर सबै महिलाहरूलाई सक्रिय गराउनुहुन पनि गाउँपालिकाको अ.ने.म समितिलाई अनुरोध गर्नुभएको छ। गाउँपालिकामा सम्मेलन भए लगत्तै वडा टोलमा प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने पनि बताउनुभयो । यो सम्मेलनबाट जोश र जाँगरको साथ असल नेतृत्व गर्न अ.ने.म समितिलाई अनुरोध गर्नुभएको छ।

अ.ने.मा संघ जिल्ला उप-सचिव अमृता बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको  कार्यक्रमको सहजीकरण त्रिवेणी गाउँपालिकाका अ.ने.म उपसचिव सम्झना तिरुवाले गर्नुभएको थियो।

अ.ने.म संघको प्रथम सम्मेलन बाट अस्मिता घर्तिको अध्यक्षतामा २७ सदस्यीय  नयाँ कार्यसमिति तयार भएको छ। जसको उपाध्यक्षमा  दीपा बुढा मगर, सचिव हिमादेवी घर्ती , कोषाध्यक्ष सुवर्दि वि.क र उपसचिव सम्झना तिरुवा रहनुभएको छ ।

कार्यक्रमको विशिष्ट अथितिमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य शान्त कुमार वली , अतिथिमा नेकपा एमाले लुम्बिनी प्रदेश सल्लाहकार कर्ण बहादुर बाँठा मगर , नेकपा एमाले त्रिवेणी गाउँपालिका अध्यक्ष कुश बहादुर पुन , जिल्ला कमिटी सचिवालय सदस्यद्वय कविराज बुढा , बेगम कुमार वली, अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष बाँठा, अनेम संघ रोल्पा जिल्ला अध्यक्ष सुधा न्यौपाने लगाएत अन्य पार्टीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियोे ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शनिवार