राजन कुमार बानिया / पर्सा ११ भादौ / दूई जनाको जुधाईका कारण जनता हरुलाई पिसाई भन्ने उधार्न बनेको छ ।पर्साको धोबिनी गाउँपालिकाको वडा नं १ घोडदौर पिपराको वडा कार्यालयमा ताला बन्द भएको छ। वडा नं १ का वडाअध्यक्ष बन्धु साह तेली र वडा सचिव अशोक राउत कुर्मीको अापसी बिबादका कारण पिपरामा रहेको वडा कार्यालय लाई अाईतबार देखि बन्द गरि घौडपिपराका स्थानिय हरुलाई दुख दिने काम गरिरहेका छन। वडा अध्यक्ष तेली र वडा सचिव कुर्मीले अापसमा जुधेर बिबाद गरि वडा कार्यालयमा ताला बन्द गरि जनता हरुलाई बिचमा पिसने काम गरिरहेका छन। अाफ्नो काम लिएर सेवाग्राही हरु वडा कार्यालयमा जन्मदर्ता , बिबाह दर्ता, मृत्यु दर्ता,जग्गा सिफारिस, लगायत कुनै सिफारिस गराउन जादा वडा कार्यालयमा ताला बन्द रहेकोले सेवाग्राही हरु फर्केर अाउन बाध्य भएका छन। वडाअध्यक्ष र वडा सचिव अापसमा जुधेकोले यो दुबै जनाले गर्दा स्थानिय सेवाग्राहीहरु मर्का परेका छन। वडाअध्यक्ष र वडा सचिव वडा कार्यालयमा पहिला देखि कहिले काही अाउने गर्थियो र एक जना गाउँपालिका प्रहरी अमन पटेलले कमप्युटर बाट काम गरिरहेको थियो भने अहिले अाईतबार देखि कार्यालय बन्दरहेकोले सेवाग्राही हरुको कामकाज थप रहेको स्थानिय हरुले जनाएका छन। वडा कार्यालयमा ताला बन्द रहेको बारेमा वडाअध्यक्ष बन्धु साह तेली संग जानकारी लिदा वडा सचिव कुर्मीले वडा को काम नगर्ने र जुनदिन वडा कार्यालयमा अाउदा सेवाग्राही हरुको कामकाज समयमा नगरेको गुनासा अाउने गर्थियो। वडा सचिव कुर्मी संग अाफ्नो बोलचाल नरहेपनी बिभिन माध्यम बाट यसको बारेमा जानकारी दिएपनी सचिव कुर्मीले समयमा अाएर सेवाग्राही हरुको काम नगरेको र अालटाल गरेकोले यस्ता यस्ता समस्या देखिएको वडा अध्यक्ष तेलीले बताए । वडा कार्यालयमा ताला बन्दको समबन्धमा वडा सचिव अशोक राउत कुर्मी संग जानकारी लिदा अाफु कार्यालयमा प्रतेक दिन अाएपनी वडाअध्यक्ष तेलीले बिभिन बहाना बनाएर हेपने काम गरिरहेका छन। वडा कार्यालयमा बस्ने कुनै सुबिधा, गर्मीमा पनी समस्या भईरहेकोले अाफ्नो समस्या राखदा कुनै समस्या नबुझिने गरिरहेका छन। सबै समस्या झेलेर पनी वडा कार्यालयमा प्रतेकदिन अाउने गर्छु तर वडाअध्यक्ष तेली एलझेल गरेर मान्छे लगाएर वडा कार्यालयमा ताला बन्द गराएका छन। वडाकार्यालय बदनाम गराउन खोजेका छन।यसको समबन्धमा गाउँपालिका अध्यक्ष मदन चौहान संग बुझदा अाफुलाई पनी वडा नं १ पिपरा वडा कार्यालयमा ताला बन्दीको जानकारी अाएको छ ।तर यसमा दूबै जनाको कमिकमिजोरी रहेको छ।,म अाफै यस बिषयमा लागेको छु।भोली नै दुबै जनालाई बसाएर समस्या समधान गरि वडा कार्यालय बन्द रहेको ताला खोलन लगाएर संचालनमा ल्याएर सेवाग्राही हरुको कामकाज गर्न लगाउने बताए ।
प्रकाशित मिति : २०८१ भाद्र १० गते मङ्गलवार