तिला ,रोल्पा । त्रिवेणी रोल्पाली ढाका तथा साबुन उद्योग रोल्पाले उद्योग सञ्चालन गरेको ५ बर्ष पुरा भएर ६ बर्षकाे दौरानमा छ। १४ जना महिला दिदी-बहिनीहरुकाे शेयर लगानीमा उद्योग सञ्चालन भएको थियो। उद्योगकाे लागी स्थानिय तह देखि प्रदेशले पनी बजेट छुट्याएको सेयर सदस्य ले बताएका छन्। विदेशमा भन्दा स्वदेशमै बसेर आफ्नो ठाउँमा पनि मेहेनत र परिश्रम गरे केही गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरणको रुपमा परिभाषित गर्न तत्पर हुनुहुन्छ महिला दिदिबहिनीहरु ।
अहिले रोल्पाकाे विभिन्न गाउँपालिकाहरू सँगै अन्य जिल्लाहरुमा उक्त उद्योगमा बुनेका कपडाहरू बिक्रि बितरण गर्दै आउनुभएको छ। विभिन्न गाउँपालिका र अन्य जिल्लाहरुबाट पनी अडर हुँदै आएको बताएका छन्। हामीले गाउँ-घर र अन्य ठाउँमा लगेर बिक्री गरेका छैनौ, तर अडर गरे अनुसार हामीले सम्बन्धित स्थान सम्म पुर्याइदिन्छौं ‘उद्योगका शेयर सदस्य सरिता पुन मगरले भन्नुभयो । ढाका उद्योग सँगै साबुन उद्योग पनी सञ्चालन गर्दै आएका छन्। अडर धेरै भएको कारण बिहान ७ बजे बाट साझ १० बजे सम्म काम गर्छौ सदस्य सरिता पुन मगरले भन्नुभयो । आफ्नै गाउँघरमै काम गर्दा सबै सन्तुष्टी रहेको उद्योगि महिलाहरुको भनाइ छ।
दिदी-बहिनीहरू सँग दुःख सुखकाे कुरा गर्दै काम गर्दा रमाइलो हुने बताए । रुकुम, दाङ र रोल्पाको विभिन्न गाउँपालिका बाट अडर भएको बताएका छन्। अहिले विभिन्न जिल्लाहरु सँगै केही देशमा पनी बिक्री भएको “सेयर सदस्य” ले बताएका छन्। १४ जनाको शेयर लगानीमा सुरू भएको उद्योगमा अहिले थप ४ जना थपिएको उनले बताए। अहिले थपिएको ४ जना महिला दिदी-बहिनीहरू भने तलबमा काम गरिरहेकाे सेयर सदस्य सरिता पुन मगरले बताईन ।