२०८१ असोज २७ गते सोमवार

प्रारम्भिक बालकक्षा सहजकर्ताहरुको क्षमता विकास तालिम सम्पन्न



२७ जेठ २०८१ जुगार/
त्रिवेणी गाउँपालिकामा प्रारम्भिक बालकक्षा सहजकर्ताहरुको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ।
त्रिवेणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गत जेठ २३ गतेदेखी सुरु भएको ५ दिने प्रारम्भिक बालकक्षा सहजकर्ताहरुको लागि आयोजना गरिएको क्षमता विकास तालिम आज सम्पन्न भएको हो ।  


कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिकाका निवर्तमान अध्यक्ष शान्तकुमार वलीले वालकक्षा सहजकर्ताहरुले वालवालिकाको शैक्षिक जग बसाल्ने जिम्मा लिएकाले शिक्षण सिकाईमा शैक्षिक सामग्रीको प्रयोग बढि मात्रामा गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । 
कार्यक्रमका अध्यक्ष तथा त्रिवेणी गाउँपालिका कार्यवाहक अध्यक्ष लेखमणी डाँगीले शैक्षिकसत्रको सुरुवातमा तालिमको आयोजना गरिएकाले शैक्षिक गुणस्तरमा ठुलो टेवा पुग्ने बताउनुभयो पालिकाले तल्लो कक्षाबाटै विद्यार्थीको जग बलियो बनाउनुपर्छ भन्ने मान्यता सहित सहजकर्ताहरुको लागि तालिमको आयोजना गरिएको र पालिकाले प्रारम्भिक बालविकास कक्षालाई महत्वपूर्ण रुपले हेरेको समेत उहाँले बताउनुभयो।


त्रिवेणी गाउँपालिका वडा नम्वर १ देखि ७ सम्मका ४२ जना बालकक्षा सहजकर्ताहरुलाई तालिम सञ्चालन गरिएकोे त्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख लिला घर्तीले जानकारी दिनुभयो । 
तालिममा बाल कक्षामा प्रयोग हुने शैक्षिक सामग्रिहरुको निर्माण, पालिकाको पाठ्यक्रम, शिक्षण विधि लगायतका विभिन्न विषयमा सहजिकरण गरिएको थियो । त्यस्तै पालिका सहजकर्ताहरुले विभिन्न कागजका सामग्रिहरु निर्माण र सो सम्बन्धी प्रयोग गर्ने कार्यशाला समेत सम्पन्न भएको थियो । तालिमको सहजिकरण सेतो गुराँस सुनसरीकी भिमा राईले गर्नुभएको थियो । 

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार