नवल प्रसाद यादव ।
बिरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालीका वार्ड नं ५ महुवनमा रहेको नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको कार्यालय भवनको शिलान्यास सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष जसवन्त यादवद्वारा सम्पन्न भएको छ ।
शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले आफु मानविय सेवाको काममा जहिले पनि अगाडी रहने बताउनु भयो । शाखाको भवन बने पछि मानवीय सहायताको काममा अझ सहज हुने भएकोले यस पुन्यको काममा सवैसंग आग्रह गर्नु भयो ।
शिलान्यास कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सदस्य शिवनाथ यादवले संघियता पछि विपत व्यवस्थापको जिम्मेवारी पनि स्थानीय सरकारमा रहेकोले विपत व्यवस्थापनमा अझ सक्रिय रुपमा लाग्न आग्रह गरेका थिए ।
अव स्थानीय स्तरमा रक्तदान कार्यक्रमको आयोजना गर्न तथा विपतको तयारीमा यो भवन सहयोगी हुने बताए । पालिकाले रेडक्रमको भवन निर्माण कार्य अगाडी बढाएकोमा जिल्ला शाखाको तर्फबाट धन्यवाद समेत दिए ।
नेपाल रेडक्रस सोसाइटीको उपशाखा महवुनका सभापति जदु साहको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य महादेव शाह, समाज सेवी बिपिन रौनियार, गौरी यादव, झोटी शाह, कन्हैया शाह, राजेश दहैत लगायतको उपस्थिति रहेको थियो ।
सो भवन सखुवा प्रसौनी गाउँपालीकाको २५ लाख बजेट सहयोगमा भुई तल्लामा दुई वटा कोठा र माथी हल बन्न लागेको जदु साहले बताए ।