२०८१ माघ २७ गते सोमवार

जाल्पा सामुदायिक लुघुवित जुगारको शाखास्तरीय बार्षिक केन्द्र प्रमुख समीक्षा गोष्ठी सम्पन्न 



रोल्पा , ०२ जेठ / जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको शाखा स्तरिय केन्द्र प्रमुखहरुको समीक्षा गोष्ठी जुगारमा सम्पन्न भएको छ । जुगार शाखाका केन्द्र प्रमुख र उप-प्रमुखहरुको समीक्षा गोष्ठी मंगलबार  जुगारमा सम्पन्न भएको हो । ९८ केन्द्रका १५० भन्दा बढी प्रमुख , उप-प्रमुख र अथितिहरुको सहभागितामा गोष्ठी भएको हो । कार्यक्रममा केन्द्रले गरेका कार्यहरुको प्रस्तुतिकरण र समीक्षा गरिएको थियो।

केन्द्र नम्बर ६२ का प्रमुख टक कुमारी  घर्तीको अध्यक्षता र त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणी डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रमा एक वर्षसम्म भएका कार्यक्रमहरुको बारेमा छलफल गरिएको थियो ।संस्थाका मुख्य व्यवस्थापक पवन योगीले स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको हो  । 

गोष्ठीमा उत्कृष्ट ऋणी सदस्य घोषणा, सदस्यहरुको सफलताको बारमा प्रस्तुतिरकण र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट केन्द्रहरु हरियाली केन्द्र  प्रथम, जलेखर्क केन्द्र  द्वितिय र सुर्यदय  तृतीय भएका थिए उक्त केन्द्रहरुलाई पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट तथा सफल व्यवसायमुखी सदस्य लक्ष्मी कुमारी घर्ती पुन  केन्द्र नं. ०३ र कल्पना घर्ती केन्द्र नं. ६०, उत्कृष्ट केन्द्र प्रमुख  दिलमाया वली खड्का केन्द्र नं. १८ ,शाखाको सबैभन्दा धेरै बचत गर्ने सदस्य रुपा बुढा केन्द्र नं. १७, शुशिला केसी केन्द्र नं. २३ र एस.इ.इ. परिक्षामा उच्च अंक ल्याउने छात्रा/छात्रलाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायमा लघुवित्त कार्यक्रम सुरु भएपछि महिलाहरु आर्थिक र सामािजक रुपमा सक्षम भएको बताएका थिए । उनीहरुले लघुवित्त संस्थाहरुबाट ग्रामीण क्षेत्रका महिलाहरु बिना धितो पाँच लाखसम्म लगानी, ग्रामीण कर्जा बिमा र पशु बिमा सुविधा, ग्रामीण कर्जा बिमा, महिलाहरुको स्वास्थ्य सुविधा, शिक्षा, स्वास्थ्य लगायतका सेवाले आफूहरुलाई सहज बनाएको केन्द्र प्रमुखहरुको भनाई थियो ।

कार्यक्रममा  त्रिवेणी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष  गंगा प्रशाद घर्ती , जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका बरिष्ठ मुख्य व्यवस्थापक शारदा शर्मा, मुख्य व्यवस्थापक पवन योगी, वरिष्ठ प्रबन्धक  कल्पना कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

 

जल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था मुख्य व्यवस्थापक तथा लुम्बिनी प्रदेश प्रमुख पवन योगीको स्वागत मन्तव्यबाट सुरु भएको गोष्ठीको सहजिकण अनुगमन प्रमुख  कमल  बहादुर महराले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार