२०८१ बैशाख ३१ गते सोमवार

अचार सम्बन्धि ७ दिने सीप विकास तालिम सम्पन्न



रोल्पा /२०८१बैशाख १५

त्रिवेणी गाउँपालिका ४ सिम्पानिमा अचार सम्बन्धि ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा त्रिवेणी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जुगार, रोल्पाको आयोजनामा  संचालन गरिएको ७ दिने तालिम सनिवार सम्पन्न भएको हो ।

अचार सम्बन्धि तालिम माया डागिले सहभागीहरुलाई तालिम दिनुभएको हो । सात दिनको तालिममा मासु, अमला,कोईराल, टमाटर,गाजर,गोवि लगाएतका ५/६ प्रकारको अचार बनाउने तालिम दिएको प्रशिक्षक माया डाँगीले जानकारी दिनुभयो। 

महिलाहरु आत्मनिर्भर नबन्दासम्म घरेलु हिंसाबाट मुक्ति पाउन नसक्ने त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको भनाई रहेको थियो । आर्थोपाजनमा महिलाहरु पछिपर्दा कमाउनलाई विदेश पुगेका लोग्नेलाई छोडेर कयौं महिलाहरु अर्कोसंग बिबाह गर्ने गरेको बताउदै अध्यक्ष मगरले   कयौंका लोग्ने स्वानी बीच सम्बन्ध विच्छेद गर्नुपर्ने अबस्था आएको भनाई राख्नुभएको थियोे  । बालबच्चा र महिला स्वंयमका आधारभूत आबश्यकता पुरा नहुदा यस्तो अबस्था आउने गरेको बताउदै पालिका अध्यक्ष बाठा मगरले यो अबस्थालाई रोक्न महिला उद्यमशिलता अहिलेको आबश्यकता बन्न पुगेको बताउनु भयो ।

त्रिवेणी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष गंगा प्रशाद घर्तिको अध्यक्षतामा आयोजना गरिएको समापन तालिम कार्यक्रममा त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणी डाँगीले समृद्धिको आधार नै उद्यमशिलता भएको भनाई राख्नुभएको  थियो । विकास र समृद्धि अहिलेको आबश्यकता भएको बताउदै उपाध्यक्ष डाँगीले उद्यमशिलताबाट महिलाहरुको जीवनमा समृद्धि छाउनेमा विश्वास व्यक्त गर्दै , तालिम पश्चात् महिला दिदिबहिनीहरु व्यवसायिक रुपमा अचार व्यवसाय संचालन गरेर त्रिवेणीको ब्रान्ड बनाउन समेत आग्रह गर्नुभयो  ।

 ७ दिने तालिमका सबै सहभागी महिलाहरुलाई अध्यक्ष कर्ण बहादुर बाँठा मगर र उपाध्यक्ष लेखमणी डाँगीले प्रमाण–पत्र हस्तान्तरण गरेर धन्यवाद तथा बधाई समेत दिनुभएको हो।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार