काठमाडौं ,२१चैत / नेपाली बजारामा सुनको भाउ आज बुधबार अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो मंगलबार सुनको भाउ तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँ थियो ।
यसअघि अस्ति सोमवार तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो । सुनको भाउको अस्तिको रेकर्ड आज तोडिएको हो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर आज एक हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार