काठमाडौँ । सिराहाको खुसिपुर नगरपालिका–७ स्थित रजै मावि बलही परीक्षा केन्द्रवरबाट प्रहरीले चिट बनाएको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१३ बस्ने १८ वर्षीय पप्पु कुमार सिंह छन् ।
उनको समूहले परीक्षा केन्द्रबाट प्रश्नपत्र लिक गराएर बाहिर कविता फोटो स्टुडियोमा उत्तर लेखेको सिराहाका एसपी सन्तोष आचार्यले रातोपाटीलाई बताए । आरोपीको साथबाट प्रहरीले अनिवार्य गणित विषयको उत्तर लेखेको ३० प्रति फोटोकपी बरामद गरेको छ । उनीविरुद्ध परीक्षा केन्द्रको वातावरण खल्बलाएको र अमर्यादित व्यवहार गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
एसईई परीक्षा केन्द्रहरूबाट प्रहरीले शङ्कास्पद १३१ थान मोबाइल र १८ वटा स्मार्ट वाच पनि बरामद गरेको छ ।
प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार