२०८१ माघ १ गते बुधवार

सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम,ताेलाकाे १ लाख ३० हजार पुग्याे



काठमाडौं , १६चैत / नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको हो।

यसअघि बिहीबार एक तोला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेसँगै आज चाँदीको पनि बढेको छ।आज प्रतितोला चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार