२०८१ माघ १ गते बुधवार

खुम दंगाली ) को ‘ प्रदेशी मन’ म्युजिक सार्वजनिक



दाङ, २४ माघ । दंगाली गायक खुम बहादुर चन्द्र ( खुम दंगाली ) को ‘ प्रदेशी मन’ म्युजिक भिडियाे सार्वजनिक भएको छ। तुलसीपुर उपमहानगरपालिका ३ गहते निवासी चन्द्रको सोमबार गीत सार्वजनिक भएको हो। आफ्नै शब्द तथा सङ्गीतमा रहेको गीतको म्युजिक भिडिओ पोर्चुगल तथा दाङमा छाँयाङकन गरिएको छ । पोर्चुगल बस्दै आएका गायक चन्दले यस अघि पनि धेरै गीत बजारमा ल्याएका छन् ।‘ प्रदेशी मन’ बोलको गीतको भिडिओ उनको आफ्नै खुम दंगाली अफिसियल युट्युब पेजबाट सार्वजनिक भएको छ। गीत गरिबीका कारण प्रदेशमा जानु परेको र परदेशमा गएकालाई गाउँको बारेमा तथा परिवारको बारेमा समेटिएको छ । म्युजिक भिडिओको सुशान्त मल्लले निर्देशन तथा सम्पादन गरेका छन्, भने छाँयाङकन डिल्ली कुमाल र दुर्गा थापाले गरेका छन् । गीतको म्युजिक भिडिओमा गायक चन्द र सविना शाहको अभिनय रहेको छ ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार